Menu
About us

प्राकृतिक सुन्दरताले सजिएको शहर पोखराले मानिसहरुलाई सदा सिर्जनसिल रहन प्रेरित गर्दछ । त्यसैले पोख्रलीहरुले पनि आफ्नो घरलाई आकर्षक बनाउन हर कोशिश गर्दछ । सुरुमा सेती नदीमा पाइने एक किसिमको टलक भएको ढुङ्गा जसलाई ”कोदे” भनिन्छ प्रयोग गर्न थाले । विस्तारै घरलाई अझ सुन्दर बनाउने प्रयासमा ढुङ्गालाई भिभिन्न आकारमा काट्न थालियो र कलात्मक ढंगबाट घरमा विभिन्न तरिका ले प्रयोग गर्न थालियो ।

ढुङ्गालाई यसरी प्रयोग गर्दा प्राकृतिक तरिकाले घर निर्माण हुने, गर्मीमा शितलता दिने, समय समयमा रंग रोगन गर्न नपर्ने, प्लास्टर गरेको भित्ता जस्तो नचर्कीने, प्लास्टरको तुलनामा सस्तो पर्ने साथै बढि बलियो, टिकाउ हुने र बढी आकर्षक तथा कलात्मक देखिने हुनाले मानिसहरु ढुङ्गा प्रति बढि आकर्षीत हुने गरेको पाईन्छ । हाम्रो उत्पादनहरु पोखरामा मात्र नभएर मुख्य शहरहरु चितवन, धरान, काठमाण्डौ, बुटवल लगायत विश्वको अन्य देशमा पनि निर्यात हुने गर्दछ ।

हाम्रा ढुङ्गाका विभिन्न उत्पादनहरु हाल आएर स्वदेशमा मात्र नभएर विदेश जस्मा भारत, दुबइ, साउदी जस्ता देशहरुमा पनि माग बढ्दो छ । लामो समय देखि तपाईहरुको सेवामा समर्पीत यस पोखरा स्टोन प्रा.लि.ले ढुङ्गाहरुलाई हातको प्रयोग तथा सानो-ठूलो दुबै प्रकारका मेसिनहरुले आकर्षक शैलीमा कलात्मक हिसाबले काट्ने काम गर्दछ । हाल हाम्रो आफ्नै खानी भएको र खानी विभागबाट अनुमति प्राप्त गरेको छ । साथै हामी विभिन्न खालका ढुङ्गाहरुलाई सुपथ मुल्यमा बिक्रि वितरण गर्ने कार्य गर्दछौ ।

Pokhara Stone and Suppliers: The best natural stone company in Pokhara with beautiful gallery of houses/hotels/gardens. This is a front runner in the stone industry and specializes in supply and installation of all kinds of natural stones with natural stone craftsmen and highly modernised machines. You dream and this stone company makes your dream come true.

Leave a Comment

© 2024 PokharaStone | Powered By EasySoftnepal